Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • शितल निवासमा कड्किदै नेपालले भने – ओली एक्लै निर्णय गर्ने, मलाई के को दोष ?

    शितल निवासमा कड्किदै नेपालले भने – ओली एक्लै निर्णय गर्ने, मलाई के को दोष ?

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्न पहल नगरेको आरोप लगाएका छन्।

    हिजो राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीकै कारण पार्टी यो अबस्थामा आइपुगेको बताएको उनीनिकट स्रोतले जानकारी दिएको छ।



    स्रोतका अनुसार राष्ट्रपति भण्डारीले नेता नेपालसँगको भेटमा पार्टी एकता जोगाउन आग्रह गर्दै तपाईं सिनियर नेता हुनुहुन्छ, पार्टी जोगाउनेगरी पहल लिनु भएन भन्दै गुनासो गरेकी थिइन्।



    उता जवाफमा नेता नेपालले प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो दम्भलाइ नछाड्ने, एकलौटी निर्णय गर्ने अनि मलाई दोष दिएर के गर्नु ? आफुहरु पार्टी एकताको लागि हदैसम्म लचकता अपनाउन तयार रहेको भन्दै नेपालले अध्यक्षले नै पहल गर्नु पर्ने भनाइ थियो।

    यसैबीच, आज बिहान नेता नेपालले अध्यक्ष ओलीसंग एकताको बिषयमा कुनै सहमति नभएको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार