Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गल्दै केपी ओली

    ओलीको चियापानलाई टक्कर दिन नेपाल समूहद्वारा पत्रकार सम्मेलन

    ओलीको चियापानलाई टक्कर दिन नेपाल समूहद्वारा पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। नेपाल एमालेभित्रको विवादले थप चर्को रुप लिने संकेत देखिएको छ।

    एमालेको माधव-झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नयाँ रणनीतिमा जुटेका छन्।



    माधव-झलनाथ समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो। उक्त भेलाको बिषयमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।



    मंगलबार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन्। चियापानमा माधव समूहका नेताहरुले नजाने निर्णय गरिसकेका छन् ।

    पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको सोमबारको छलफल निस्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो।

    अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार