Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अन्तत: माधव नेपाल एमालेमै, प्रचण्ड माओवादी केन्द्रमै फर्किने

    अन्तत: माधव नेपाल एमालेमै, प्रचण्ड माओवादी केन्द्रमै फर्किने

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेपछि प्रचण्ड- माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका हुन ।



    एमालेले त जिल्ला जिल्लामा पार्टीको बोर्ड टाँगेर अलग अलग रुपमा जाने स्पष्ट संकेत आइतबारबाटै गरिसकेको छ । आजबाट माओवादी पनि अलग अलग जाने निर्णयमा पुगेको छ ।



    पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

    खनालले पार्टीभित्रै संघर्ष गर्ने र सर्वोच्चको आदेशमा पुनरावलोकन पनि सँगसँगै गर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार