Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ओलीको दम्भ – माधव नेपाल आँफै भित्तामा पुगे, प्रचण्ड सुध्रिए सहकार्य हुन सक्छ

    ओलीको दम्भ – माधव नेपाल आँफै भित्तामा पुगे, प्रचण्ड सुध्रिए सहकार्य हुन सक्छ

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड सुध्रिएर आए सहकार्य हुन सक्ने अभिव्यक्ति दिएका छन्।

    प्राइम टाइम्स टेलिभिजनसँगको अन्तर्वातामा प्रधानमन्त्री ओलीले सुधार भएर आए प्रचण्डसँग सहकार्यको सम्भावना पुनः रहेको वताउँदै  नयाँ अस्त्र फ्याँकेका हुन।



    उनले माधव नेपाललाई आफूले भित्तामा नपुर्‍याएको र आँफै आफैँ भित्तामा उभिन पुगेको बताए।



    ओलीले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने दाबी गर्दै मुलुक चुनावमा जाने बताए ।

    ‘आजका मितिसम्म एमाले ठूलो पार्टी हो,’ ओलीले भने, ‘एमालेबाहेक अरुले सरकार चलाउने हो भने संसदमा मत पुर्‍याउनुपर्‍यो, त्यो त अरु कसैले पुर्‍याउँदैन ।’

    प्रधानमन्त्री ओलीले भने, ‘मलाई सबैभन्दा बढी मन नपराउनेहरुले पनि अहिले मलाई समर्थन दिइरहेका छन्।’

    आफूसँग बहुमत रहेकाले पदबाट राजीनामा नदिने समेत ओलीले बताए । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो केमेस्ट्री मिलेको समेत दाबी गरे।

    अदालतको फैसलालाई सम्मान गर्ने वताउँदै उनले भने, ‘म संविधान मान्छु। अदालतको फैसला मान्छु। तर अन्यत्र कोही गुटले गरेको फैसला म कानुनका रुपमा मान्दिनँ। म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको सरकारको प्रधानमन्त्री हो। समर्थन हट्यो भने म विश्वासको मत लिन्छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार