Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रचण्डका भाइलाई राष्ट्रियसभामा नियुक्त गरिएकोमा ओलीले भने – उहाँ अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो

    प्रचण्डका भाइलाई राष्ट्रियसभामा नियुक्त गरिएकोमा ओलीले भने – उहाँ अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नु नातावाद कृपावादको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

    शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डका भाइलाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताए ।



    ओलीलेले भने ,  ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार