Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ओलीविरुद्ध संगठित भई देशव्यापी रुपमा सक्रिय हुन कार्यकर्ताहरुलाई आह्वान

    ओलीविरुद्ध संगठित भई देशव्यापी रुपमा सक्रिय हुन कार्यकर्ताहरुलाई आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री  केपी शर्मा ओलीविरुद्ध संगठित भई देशव्यापी रुपमा सक्रिय हुन कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

    ओलीले देश, जनता र पार्टीको हित विपरीत काम गरेको भन्दै  संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेको हो ।



    खनाल–नेपालसहितका ११ नेताले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरेको छ ।



    विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पु-याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने विभिन्न कामहरु भए । भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थाल्यो । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरु भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरुमा उहाँलाई–पटकपटक सचेत गराइयो । तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी वाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो।’

    यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिष्ट पार्टीका सबै इमान्दार सदस्यहरुको कर्तब्य भएको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार