Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पूर्वमन्त्री जोशी पुन: भेन्टिलेटरमा, अझै होस् आएन

    पूर्वमन्त्री जोशी पुन: भेन्टिलेटरमा, अझै होस् आएन

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। गत फागुन १४ गते बिहान मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ।

    नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर सर्पोटमा राखिँदै आएकोमा श्वासप्रश्वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो।



    तर, भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुनः शनिबार बिहान जोशीको स्वास्थ्यमा जटिलता देखिएपछि फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा राजीव झाले जानकारी दिएका छन् ।



    उनका अनुसार जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने सामान्य नै भएपनि अहिलेसम्म होस् भने आएको छैन।

    सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार