Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेसले जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने, यस्ता छन् शोकका कार्यक्रमहरू

    कांग्रेसले जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने, यस्ता छन् शोकका कार्यक्रमहरू

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।



    कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ।



    जोशी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर र पूर्व सांसद समेत थिए ।

    जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुका निधन भएको हो। गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

    यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको शोकका कार्यक्रमहरू

    १. २०७७ चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने र उक्त दिनहरूमा शोकका कार्यक्रमहरूबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरू नगर्ने

    २. २०७७ चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरू बन्द गर्ने

    ३. १३ औं दिन सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार