Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वमन्त्री जोशी आफैं श्वास फेर्न थाले

    पूर्वमन्त्री जोशी आफैं श्वास फेर्न थाले

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौं। गत शुक्रबार बिहान मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको छ।

    स्वास्थ्यमा सुधार भएपछि पूर्वमन्त्री जोशीले आफैं श्वास फेर्न थालेका छन्।



    बिहीबार बिहानदेखि नेता जोशीको अवस्थामा सुधार भएपछि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको अस्पतालले जानेको छ ।



    उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि जोशीले सामान्य रुपमा श्वास फेर्न थालेका छन्। ‘यो भनेको अनपेक्षित सुधार हो,’ डा. झाले भने, ‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन।’

    सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो। तर, बिहीबार साँझदेखि जोशीले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन्। तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार