Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

    नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ ।

    शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका हुन् ।



    उपप्रधानमन्त्री पोखरेललाई अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा बताएका थिए ।



    मस्तिष्कघात भएपछि नेता जोशीलाई फागुन १४ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

    उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार