Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

    फागुन १४ गते मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको आज राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिएका छन् ।



    जोशीको स्वास्थ्य समस्या देखिएपछि उनलाई गत फागुन १४ गते वीर अस्पताल लगिएको र वीर अस्पतालबाट नर्भिक अस्पतालमा रेफर गरेको थियो ।



    नेता जोशीको निधनप्रति कांग्रेस सभापति शेरवहादुर देउवाले गहिरो समवेदना व्यक्त गर्दै सामाजिक सन्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार