Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ६०० ले उकालो लाग्यो सुनको मूल्य

    ६०० ले उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । बुधबार सुनको मूल्य तोलमा रु ६०० ले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा मंगलबार ८५ हजार ६०० मा कारोवार भएको थियो ।



    यस्तै, तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।



    चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार