Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओली सरकारलाई बिस्थापित गर्ने माओवादी केन्द्रको निर्णय

    ओली सरकारलाई बिस्थापित गर्ने माओवादी केन्द्रको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले ओली नेतृत्वको सरकार विस्थापन गर्दै नयाँ संयुक्त सरकार गठन गर्नु रहेको बताएका हुन् ।



    पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको बैठकमा पार्टीको नाम फेर्ने, ऋषि कट्टेलको नेकपासँग एकता गर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् ।



    बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए ।
    आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।

    बैठक पुन भोलि ११ बजे बस्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार