Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रको बैठक पेरिसडाँडामा

    माओवादी केन्द्रको बैठक पेरिसडाँडामा

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पनि जारी रहेको छ ।

    आइतबारकै बैठकलाई निरन्तरता दिन आजको बैठक जारी रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    बैठकमा पेश भएका एजेण्डाहरमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीहरुबीचको एकता रहेको श्रेष्ठले बताए ।



    आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिबारे र सात प्रदेशका इन्चार्जले सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

    त्यस्तै, आजको बैठकमा सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार