Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इन्सपेक्टरको सरुवा र बढुवामा आईजीपीको क्षमतामाथि प्रश्न

    इन्सपेक्टरको सरुवा र बढुवामा आईजीपीको क्षमतामाथि प्रश्न

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षत्री पछिल्लो समय एक पछि अर्को गर्दै विवादमा पर्न थालेका छन् ।

    सरुवा र बढुवाका कारण आईजीपी क्षत्रीको कार्य क्षमतामा प्रश्न उठ्न थालेको हो ।



    प्रहरी प्रधान कार्यालयले १५ महिना पुरा भइसकेका इन्सपेक्टरको सरुवा तथा सईबाट इन्सपेक्टरमा बढुवा गर्न नसक्दा अहिले आईजीपी थापाको कर्यक्षमतामाथि प्रश्न उठेको हो ।



    प्रहरी जवानदेखि सईसम्मको बढुवा गत साता भईसकेको छ भने इन्सपेक्टरको बढुवा र सरुवा एक महिनादेखि रोकिएको छ ।

    नेपाल प्रहरीमा हाल ४६ जना इन्सपेक्टरको बढुवा गरी पूर्ती गर्नुपर्ने दरबन्दी खाली छ ।

    रिक्त दरबन्दी २०५५ सालमा असई पदमा भर्ना भई २०५९ र २०६० मा सईमा बढुवा भएका ३९ जना सईहरू आंकाक्षी छन्।

    जसमा ४ जनाले आधारभूत तालिम समेत नगरेको स्रोतको दाबी छ। अन्य ९ जना बिभिन्न कालखण्डमा कारवाही भोगेकादेखि जागिर छाडेर पछि जोडिएका छन् । जसलाई प्रहरी संगठनभित्र ‘वैल्डिङ ग्रुप’को नामले चिनाईन्छ ।

    गतबर्ष इन्सपेक्टर बढुवामा यो समूहलाई यही कारण देखाउँदै २०५८ मा असईमा भर्ती भई २२ भदौ २०६२ बढुवा भएका ७ जना सईलाई इन्सपेक्टर बढुवा गरिएको थियो।

    जति बेला बढुवा समितिको सदस्य सचिव हालका आईजीपी  क्षत्री थिए। उनै आईजीपीले अहिले गत बर्ष अयोग्य ठहर भई बढुवाबाट छुटेका सम्पूर्ण सईलाई इन्सपेक्टर बढुवा गर्नुपर्ने अडान लिएको कारण उनको नैतिकतामा समेत प्रश्न उठ्न थालेको स्रोत वताउँछ।

    स्रोतका अनुसार सईबाट इन्सपेक्टरको बढुवामा गृहसचिव महेश्वर न्यौपानेले पनि अनाबश्यक स्वार्थ राखेका कारण आईजीपी क्षत्री असन्तुष्ट बनेका छन् ।

    प्रहरीका सरुवा र वढुवामा सचिव न्यौपानेका भान्जा सुजन पौडेलले चलखेल गर्ने गरेको यसअघि पनि सार्वजनिक भएको थियो।

    त्यस्तै, १५ महिनादेखि इन्सपेक्टरको सरुवा हुन सकेको छैन।

    पूर्वआईजी सर्वेन्द्र खनालको पालामा सरुवा भएका इन्सपेक्टरको १५ महिना बितिसक्दा पनि सरुवा हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार