Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अवैध लागूऔषधसहित १३ जना पक्राउ 

    अवैध लागूऔषधसहित १३ जना पक्राउ 

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित १३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्न्रेहरुमा झापा, सर्लाही, बाँके, सुनसरी र कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध  पक्राउ परेका हुन्। 



    झापा, आइतबार दिउँसो बिर्तामोड नगरपालिका-३ स्थित भद्रपुर रोडबाट ६० ग्राम अवैध लागूऔषध एमफेटामाईन र ८० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।



    पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका-६ बस्ने ३५ वर्षीय पञ्चानन्द राजबंशी, सोही गाउँपालिका-७ बस्ने ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने २० वर्षीय विष्णु पोदार र सोही नगरपालिका-५ बस्ने १६ वर्षीय किशोर रहेका छन् । 

    बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

    सर्लाही, लालबन्दी नगरपालिका-१७ रानीगंजबाट १५ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१४ बस्ने ४१ वर्षीय पाल्साङ पाख्रीन समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा ज.१ ह ४६०९ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय लालबन्दीवाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा रहेको जेब्रा झोलाभित्र उक्त परिमाणको लागूऔषध फेला पारी अटोमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

    बाँके, कोहलपुर नगरपालिका-१० स्थितबाट १ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका-११ बस्ने ३५ वर्षीय बिश्व बहादुर परियार, राप्तिसोनारी गाउँपालिका-३ बस्ने २८ वर्षीय आन्नद खड्का र सोही ठाउँ बस्ने २० वर्षीय कैलाश शाही रहेका छन् ।

    नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको बा.६ च ७५७१ नम्बरको टाटा जेनिस गाडीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचौकस्थित चाम्लिङ होटलबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पांचथर फिदिम नगरपालिका-१ बस्ने २३ वर्षीय कमल आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    कैलाली, धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट २ ग्राम ५ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय सम्रौ घिमिरे र  सोही उपमहानगरपालिका-४ बस्ने २९ वर्षीय सिद्धार्थ बडैला रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    उल्लेखित घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार