Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • आन्दोलनकारीसँग गृहमन्त्री पनि सडकमा

    आन्दोलनकारीसँग गृहमन्त्री पनि सडकमा

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको आन्दोलनमा गृहमन्त्री रामबहादुर थापा पनि आन्दोलनकारीका साथ सडकमा निस्केका छन् ।

    बुधबार माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका सहभागी भएका गृहमन्त्री थापाले सडकमा बसेर सम्बोधन गरेका छन् ।



    आन्दोलनकारीहरु संगै बसेर सम्बोधन गरेका गृहमन्त्री थापले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यानाकर्षण भएको बताए ।



    गृहमन्त्री थापाले भने, ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’

    गृहमन्त्री थापा यसअघि सरकार र विप्लवबीच भएको वार्तामा पनि प्रमुख रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार