Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालुवाटारमा नेपाल र रावल गएनन्, पाण्डे निस्किए, खनालसहित केही सहभागी

    बालुवाटारमा नेपाल र रावल गएनन्, पाण्डे निस्किए, खनालसहित केही सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।

    आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पहिलोपटक वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी भएका छन् ।



    माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका छन् ।



    यसअघि कलंकीमा बसेको माधव पक्षको बैठकले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो ।

    बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार