Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रपति भण्डारीद्वारा मेलम्ची पानीको उद्घाटन

    राष्ट्रपति भण्डारीद्वारा मेलम्ची पानीको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची पानीको उद्घाटन गरेकी छिन्।

    भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उदघाटन गरेकी हुन्। मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए।



    काठमाडौँमा चैत १५ गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पनि पानी वितरण सुरु गरेको छ।



    बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ।

    आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार