Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गलत अभ्यासहरूलाई आत्मसाथ नगर्न आईजीपी क्षेत्रीको जोड

    गलत अभ्यासहरूलाई आत्मसाथ नगर्न आईजीपी क्षेत्रीको जोड

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार गर्न प्रहरी निरीक्षकहरुलाई आग्रह गरेका छन्।

    खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा आईजीपी क्षेत्रीले नागरिक जिवनबाट प्रहरी पेसामा आउने नवनियुक्त प्रहरी निरीक्षकहरूप्रति संगठनको ठूलो आशा रहेको उल्लेख गरे ।



    आईजीपी क्षेत्रीले गलत अभ्यासहरूलाई आत्मसाथ नगर्न तथा आफूमा भएका सद्‍गुणहरूलाई जगेर्ना गर्दै सफल ढंगले तालिम सम्पन्न गर्नुपर्नेमा आईजीपी क्षेत्रीले जोड दिए ।



    आईजीपी क्षेत्रीले संगठनको साखलाई अझै बढोत्तरी गर्न अनुसाशित, मेहनत , उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउन नवनियुक्त प्रहरी कर्मचारीहरुलाई आईजीपी क्षेत्री आग्रह गरे ।

    क्षेत्रीले नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गरेका थिए ।

    २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका थिए । जसमा १४ जना महिला छन् ।

    नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन ।
    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार