Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उच्च मनोवल र अनुशासनका साथ कार्यक्षेत्रमा काम गर्न आईजीपीको निर्देशन

    उच्च मनोवल र अनुशासनका साथ कार्यक्षेत्रमा काम गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 3.9K
    SHARES

    नवलपरासीपश्चिम । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले उच्च मनोवल र उच्च अनुशासनका साथ कार्यक्षेत्रमा नागरिक सेवालाई सर्वोपरी ठानी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन्।

    नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित छैटौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोहमा सम्बोधनको क्रममा आईजीपी क्षेत्रीले तालिममा हासिल गरेका ज्ञान, सीप, कौशललाई व्यवहारमा अक्षरस लागू गरी संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा  जोड दिए ।



    समारोहमा आईजीपी क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हाँसिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।



    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गरेका उक्त समारोहमा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गर्दै महाविद्यालयमा संचालन हुने तालिमद्वारा उत्पादित जनशक्तिले देशमा उत्पन्न हुने सशस्त्र विद्रोह लगायत विपद्‍को परिस्थितिमा काम गर्न सक्ने जानकारी दिए ।

    समारोहमा तालिम संयोजक प्रहरी उपरीक्षक वीर बहादुर ओलीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १६ जना र प्रहरी जवान १ सय १६ जना गरी जम्मा १ सय ३८ जनाको सहभागिता रहेको जानकारी दिए ।

    उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

    समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुक, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको साथै सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार