Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अफगानिस्तानको बम विस्फोटमा परी एक सैनिकको मृत्यु

    अफगानिस्तानको बम विस्फोटमा परी एक सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 3.5K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ ।

    सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ ।



    त्यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् ।



    अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।

    यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार