Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ३४ वर्ष पुरानो प्यान एम विमान विस्फोटमा संलग्न लिबियाली नागरिक पक्राउ

    ३४ वर्ष पुरानो प्यान एम विमान विस्फोटमा संलग्न लिबियाली नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 528
    SHARES

    काठमाडौं । ३४ वर्षअघि प्यान एम १०३ विमानमा बम विष्फोट गराएको आरोपमा एक लिबियाली व्यक्ति पक्राउ परेका छन् ।

    स्कटल्याण्डका अधिकारीहरूले उक्त व्यक्ति हाल अमेरिकी प्रहरीको हिरासतमा रहेको बताएका छन् । उनले आक्रमणका लागि बम तयार पारेको आरोप छ ।



    अमेरिकाले अबु अजिला मसूदविरुद्ध दुई वर्षअघि अभियोग लगाएको थियो । उनले उक्त हमलाका लागि बम तयार गरेको आरोप लागेको छ। अमेरिकाले दुई वर्षअघि नै अबू अगिला मसूदविरुद्ध आरोप तय गरेको थियो।



    उनले २१ डिसेम्बर १९८८ मा भएको पेन एम बम ब्लास्टमा महत्वपूर्ण निभाएको अमेरिकाले बताएको थियो। उक्त हमलामा बोइङ ७४७ मा सवार सबै यात्रु र केही स्थानीय गरी २७० व्यक्तिको मृत्यु भएको थियो । विमान स्कटल्याण्डको लकरबी पुग्दा त्यसमा बम विस्फोट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार