Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनसरीको मतदान केन्द्रमा विष्फोट हुँदा बालिका घाइते, मतदान स्थगित

    सुनसरीको मतदान केन्द्रमा विष्फोट हुँदा बालिका घाइते, मतदान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 741
    SHARES

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो।

    नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ। कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेको छैन।



    विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो। प्रहरीका अनुसार विष्फोटमा परेर एक जना बालिका घाइते भएकी छन्। पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।



    सोही मतदान केन्द्रको गेटनजिकै अर्को पनि बम रहेको आशंकामा नेपाली सेनाको टोलीले सर्ट गरिरहेको छ।

    मतदानस्थलमा विष्फोट भएपछि मतदाता त्रसित बनेका छन्। त्यहाँको मतदान तत्कालका लागि स्थगित गरिएको छ। उक्त मतदान केन्द्र सुनसरीको क्षेत्र नम्बर ३ मा पर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार