Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कालिकोट बम विष्फोट अपडेट : थप एक बालिकाको मृत्यु

    कालिकोट बम विष्फोट अपडेट : थप एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा थप एक जनाको मृत्यु भएको छ ।

    आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किए घाइते भएकी ४ वर्षीय सरस्वती रानाको उपचारको क्रममा सुर्खेतको प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।



    योसँगै विष्फोटक पदार्थ पड्किँएर मृत्यु हुनेको संख्या २ पुगेको छ । तिलागुफा १० कि ४ वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्की बालिका रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।



    घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन् ।

    घाइतेहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ। उनीहरुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार