Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते

    कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको हो । शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।



    यस्तै बम विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् ।



    जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार‌ प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार