Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा शिलबन्दी, संचालक चेतन गोयल पक्राउ

    नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा शिलबन्दी, संचालक चेतन गोयल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 4.9K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखा र  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी गरेको छ ।

    चेतन गोयलले संचालन गरेको उक्त कम्पनीका सिलबन्दी गरिएका सामानको मुल्य १ करोड ५० लाख बराबर रहेको खुलेको छ ।



    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा कम्पनीलाई शिल गरिदिएको हो ।



    काठमाडौँको कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने उद्देश्य घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरि संञ्चालनमा रहेको हबिब काला कोकिला हिनाज नामको उद्योग शिलबन्दी गरिएको हो ।

    सेडाईका अनुसार पाँच लाख रूपैया पुँजी भएको उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को ९१६० विपरित अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरी अन्य उत्पादक(विदेशी) का ट्रेडमार्क र ब्राण्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी नोक्सानी पुग्ने गरी अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी लगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा ठुलो परिमाणमा उत्पादन, भन्डारण, आयात एवम् विक्री वितरण गरिरहेको पाइएको छ ।

    महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा उत्पादनस्थल, भण्डारण तथा विक्रीस्थलहरू समेत शिलबन्द गरी थप कम्पनीमाथि अनुसन्धानको प्रकृया सुरु गरिएको छ ।

    अनुसन्धानबाट खुलेका कुराहरु
    • निज चेतन गोयलले आफ्नो उद्योगमा उत्पादित गुणस्तरहिन मेहेन्दि भारतमा उत्पादन भएको हो भनि झुक्याई बिक्रि बितरण गर्ने उदेश्यले भारतिय MEHAK मेहेन्दिको M.R.P. समेत उल्लेख भएको खाली प्याकेटहरु ठूलो मात्रामा भण्डारण गरी राखेको पाईएको ।

    • निजको उद्योगमा उत्पादन हुने kala-kola मेहेन्दिको प्याकेटमा उत्पादन स्थान , मिति र म्याद समाप्त हुने मिति लगाएतका महत्वपुर्ण विवरणहरु समेत उल्लेख नगरिएको ।

    • निजको का.म.न.पा २५ ताम्राकार प्लाजा मखन गल्लीमा रहेको AAHAAN Enterprises पसल समेत २०७६ साल पछि नबिकरण नगरी संचालन गरेको पाईएको ।
    • यस भन्दा करिब २ बर्ष अगाडि समेत निज चेतन गोयललाई यस महानगरिय अपराध महाशाखाबाट यस्तै प्रकृतिको कसुरमा पक्राउ गरी मुद्दा चलाइएको ।
    • सिलबन्दी गरिएका बिभिन्न सामानहरुको अन्दाजि मूल्य १ करोड ५० लाख रहेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार