Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेकै सांसदले ओलीलाई घात गरी प्रचण्डको आदेश मान्दा शाहीको पद जोगियो

    एमालेकै सांसदले ओलीलाई घात गरी प्रचण्डको आदेश मान्दा शाहीको पद जोगियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका चार प्रदेश सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

    मुख्यमन्त्री शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।



    शाहीलाई आफ्नो पद जोगाउन ३९ सदस्यीय प्रदेशसभामा २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर, मुख्यमन्त्री शाहीले २२ मत पाए ।



    प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ सांसद, नेपाली कांग्रेसका ६ सांसद र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका ४ सांसदले शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

    प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।

    मुख्यमन्त्री शाहीको पक्षमा नेपाल समूहका प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मतदान गरेका हुन् ।

    मतदान प्रक्रियामा तत्काल कायम रहेको प्रदेशसभाको ३९ सदस्य मध्ये ३७ जना सहभागि भएका थिए।

    शाहीले राखेको प्रस्तावको विपक्षमा एमालेका १५ सांसदले मतदान दिए। प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र राप्रपाका एक सदस्यले मतदान गरेनन्।

    उनीहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका हुन्। जसका कारण मुख्यमन्त्री शाहीको पद जोगियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार