Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ प्रभावकारी बन्दै 

    सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ प्रभावकारी बन्दै 

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना प्रभावकारी बन्दै गएको छ ।

    बीमितको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण प्रदान गर्ने ‘सूर्या चौरासी पूजा’ बीमा योजनाले बीमाङ्कको २५० % सम्म बीमा कभर प्रदान गर्ने वताइएको छ।



    यस योजना अन्तर्गत बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित वोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दा सम्म बीमाङ्कको ६ % का दरले र्वािर्षक पेन्सन समेत प्राप्त हुनेछ ।



    अन्ततः बीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० % रकम बीमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।

    ‘सूर्या चौरासी पूजा’ बीमा योजना १६ वर्ष देखी ६० वर्ष सम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्मको बीमाशुल्क भुक्तानी अवधिका लागि खरीद गर्न सक्नेछन् ।

    न्यूनतम १ लाख रुपैया बीमाङ्क तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधिभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार