Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सूर्या लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न, १३.३६ प्रतिशत लाभांस पारित

    सूर्या लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न, १३.३६ प्रतिशत लाभांस पारित

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । विराटनगरस्थित होटल हैरिसन प्यालेसमा पौष १९ गते सोमबार सम्पन्न साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए ।

    सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई २ अर्ब ५५ कराेड २ लाख ८२ हजार १०० रूपैयाँ कायम हुनेछ ।



    सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।



    संस्थापक शेयरधनी समुह “क” बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल र बीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

    कम्पनीको चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा रहेका छन् । ४९ हजार ७१७ अभिकर्ताहरु मार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब १ करोड ८५ लाख ७१ हजार ३१८ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी २९ करोड १८ लाख ६७ हजार ३१० रुपैयाँ कुल दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार