Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

    एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफ इन्स्योरेन्सबाट चन्द्रकान्त पन्थी सहभागी हुने भएका छन् ।

    सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटी बन्न सफल रुपन्देहीका चन्द्रकान्त पन्थी विहिबार नै अष्ट्रेलिया प्रस्थान गरेका छन् । उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पूरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुने छ ।



    समारोहमा भाग लिन उत्साहित भएका पन्थीले आफु त्यहाँ पुगेर देशको झण्डा फहराउने अवसर प्रप्त भएको तथा नयाँ ज्ञान सिकेर अझै आफु सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए ।



    बिगत ४ वर्षदेखी विमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका पन्थीले आफ्नो व्यावसाय संगसंगै बिमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै छोटो समयमै एमडिआरटी बन्न सफल भएको कुरा कम्पनीले जनाएको छ । यस भव्य समारोहमा विश्वभरबाट करिब ७० देशका ५ सयभन्दाबढी कम्पनीका प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार