Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सूर्या लाइफद्वारा १० लाख बीमांकको २० लाख ४८ हजार मृत्यु दावी भुक्तानी

    सूर्या लाइफद्वारा १० लाख बीमांकको २० लाख ४८ हजार मृत्यु दावी भुक्तानी

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाखको वीमा गरेका बीमितलाई २० लाख ४८ हजार हस्तान्तरण गरेको छ ।

    इन्स्योरेन्सको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।



    बीमित थापाको १० लाख बीमांकको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो ।



    कम्पनीले बीमाङ्क बापतको १० लाख, दुर्घटना सुविधा बापत रु. १० लाख र बोनस बापत रु. ४८ हजार थप गरी एकमुष्ठ २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

    स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकालमार्फत कम्पनी सचिव भरत केसी, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार