Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौतामा हस्ताक्षर

    सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 951
    SHARES

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच शनिवार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एकआपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    सम्झौता पत्रमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् । होटल याक एण्ड यतीमा सम्पन्न कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत विभागीय, क्षेत्रीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।



    दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते सम्पन्न भई बीमा समितिबाट असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।



    नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरूबीच मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भई मर्जरको ढोका खुलेको छ ।

    अन्तिम सम्झौता पत्रमा उल्लेख भएअनुसार गाभिएपश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिस्टर्ड कार्यालय विराटनगर तथा केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार