Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या सुरक्षाकवच’ योजना

    सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या सुरक्षाकवच’ योजना

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षाकवच’ नामको बिमा योजना ल्याएको छ ।

    कम्पनीले बिमाको आधारभूत सिद्धान्तबाट अभिप्रेरित भई न्यूनतम बिमाशुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस् भन्ने उद्देश्यले नयाँ योजना ल्याएको कम्पनीले जनाएको छ ।



    योजनाअनुसार १८ वर्षको उमेर समूहले एक करोड रुपैयाँको बिमामा वार्षिक १४ हजार पाँच सय ५० रुपैयाँ वा मासिक एक हजार दुई सय रुपैयाँमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।



    १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस् भन्ने उद्देश्यले सम्भवतः नेपालको बिमा बजारमा सबैभन्दा न्यून बिमाशुल्कमा यो योजना ल्याएको कम्पनीको दाबी छ ।

    सूर्या सुरक्षाकवज न्यूनतम एक लाख रुपैयाँदेखि आयस्रोतका आधारमा जति पनि गर्न सकिने जनाइएको छ । जोखिम वहनका साथै अतिरिक्त किरियाखर्चसहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरूसँग सम्मिश्रण गरी थप जोखिम वहन हुने गरी लिन सकिने कम्पनीले जनाएको छ ।

    एकदेखि ३० वर्षसम्म बिमा अवधि भएको यो जीवन बिमा योजनामा बिमितको इच्छानुसार एकल भुक्तानी वा वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

    जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजना कम्पनीको वेबसाइट वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बताए । बिमाशुल्क भने उमेर र अवधिका आधारमा फरक पर्न सक्ने उनको भनाइ छ ।

    हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरोना भाइरसले जनजीवनमा देखिएको डर–त्रासका कारणसमेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा यो योजना लोकप्रिय हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार