Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म

    राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ ।

    सोमबार पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन यही वैशाख मसान्त र प्रदेश कार्य समितिको निर्वाचन आगामी जेठ ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।



    अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको बैठकले महाधिबेशन प्रतिनिधि निर्वाचन पनि जेठ १० गतेसम्म गरिसक्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    राप्रपाले सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार