Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा

    कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक आज अपराह्न २ बजे बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका कार्यसूचीसमेत तय गर्ने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । पार्टीको १४औँ महाधिवेशन तयारीकै सम्बन्धमा छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    त्यस्तै, कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको यही वैशाख ११ गते निधन भएको थियो ।



    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य भएकी थिइन् । राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आएकी नेत्रृ सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील थिइन् । पार्टीको सङ्गठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आएकी सिद्दिको निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार