Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारी बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाबारे छलफल

    कांग्रेस पदाधिकारी बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली कांग्रेसमा भ्रातृ संस्थाको विधान र नयाँ शुभेच्छुक संस्थाहरूलाई आबद्धताको अनुमति दिने विषयमा छलफल सुरू भएको छ ।

    केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले मंगलबार त्यसबारे छलफल थालेका छन् ।



    उपसभापति पूर्णबहादुर खड्काले मंगलबार भ्रातृ संस्थाको विधान र नयाँ शुभेच्छुक संस्थाहरू थप गर्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक राखेका थिए ।



    सभापति एवम् प्रधानमन्त्री देउवा भने कार्यव्यस्तता देखाएर पदाधिकारी बैठकमा सहभागी भएनन् ।

    बैठकमा भ्रातृ संस्थाहरूको विधानलाई अन्तिम रुप दिने र नयाँ शुभेच्छुक संस्थाहरूलाई आबद्धताको अनुमति प्रदान गर्ने विषयमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

    प्रवक्ता प्रकाशशरण महतले भ्रातृ संस्थाको विधान र शुभेच्छुक संस्थालाई अनुमति दिनेबारे छलफल सुरु भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार