Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध

    भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2.3K
    SHARES

    धरान। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

    यसैबीच, भारतसँग सीमाना जोडिएको सुनसरी जिल्लामा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो।



    कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतीय नागरिकहरुको आगमन वृद्धि भएसँगै सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीले सीमानाका सील गरेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद पौडेलले जानकारी दिए। पौडेलले सुनसरीको कोसी, हरिनगरा, देवानगन्ज, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाका सबै सीमा सिल गरी भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाइको बताए।



    सशस्त्र प्रहरीले बढी मात्रामा भीड हुने सुनसरीका भाण्टाबारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, वसन्तपुर लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको एसपी पौडेलले जानकारी दिए।

    हालसम्म जिल्लामा कोरोनाका कारण एकसय ५९ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार