Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनमोर्चाका सांसद बेपत्तासँगै दीपक मनाङ्गे भूमिगत !

    जनमोर्चाका सांसद बेपत्तासँगै दीपक मनाङ्गे भूमिगत !

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.6K
    SHARES

    कास्की । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान गर्ने दिन खैलाबैला भएको छ । प्रदेशका सांसदहरु कोही हराउने र कोही फोन अफ गरिदिएकाले मुख्यमन्त्री गुरुङको सत्ता केही दिन लम्बिएको छ ।

    मंगलबार मुख्मंत्री गुरुङविरुद्द अविश्वासको प्रस्तावमाथिको मतदान लम्ब्याउन विभिन्न तरकिब भएका थिए । यसैबीच सांसदहरुलाई रिसोर्टमा राख्नेदेखि बैठकमा एमाले सांसदले त सांसदको पीसीआर परीक्षण विना बैठक सञ्चालन गर्न नहुने बताउँदै बैठक नै अवरुद्ध पारेका थिए ।



    मंगलबार नै बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोनाको परीक्षण गरिने र कोरोना पुष्टि भएका सांसदले पनि मत दिन पाउने व्यवस्था गरिएकोमा राष्ट्रिय जनमोर्चाका प्रमुख सचेतक सांसद खिमविक्रम शाही बेपत्ता भएका थिए।



    शाही बेपत्ता भएको भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन दिइन् । उनले निवेदन दिए लगत्तै सभामुख नेत्रराज अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरे ।

    राष्ट्रिय जनमोर्चा जता लाग्यो त्यतै मत दिने भनेर बसेका अर्का सांसद गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ बुधबार बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित भए ।

    गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमालेलाई साबिककै अवस्थामा फर्काइदिएपछि उनी आफू स्वतन्त्र बताउँदै आएका थिए । तर, केही दिनदेखि सांसद गुरुङले राजमोले जुन पक्षलाइ समर्थन गर्छ आफूले पनि उसैलाइ सहयोग गर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । तर, उनको पनि सबै नम्बर अफ छ भने उनी पनि बैठकमा अनुपस्थित हुन पुगे ।

    सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।

    यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् । प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् प्रदेशसभा सदस्य शाहीको पीसीआर रिपोर्ट सार्वजनिक गर्दै यस्तो भनेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार