Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चर्चित डन मन्त्री बन्दा प्रहरीको शिर निहुरियो, प्रहरीमा मनोबलको चिन्ता थपियो !

    चर्चित डन मन्त्री बन्दा प्रहरीको शिर निहुरियो, प्रहरीमा मनोबलको चिन्ता थपियो !

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 6.4K
    SHARES

    काठमाडौं । कुनै बेलाका चर्चित डन राजीव गुरुङ उर्फ दीपक मनाङ्गे प्रदेशसभामा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएपछि प्रहरीको शिर निहुरिएको छ । स्वतन्त्र उठेर मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित मनाङ्गे गण्डकी प्रदेशको मन्त्री बनेका हुन् ।

    गुरुङले मन्त्री बनेसँगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरे



    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।



    मनाङेले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने भएपछि सरकार जोगाउन उनलाई मन्त्री बनाइएको हो ।  मनाङ्गे मन्त्री बनेपछि  प्रहरीलाई भने अब कुन मनोबलले काम गर्ने भनेर चिन्ता थपिएको छ।

    अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटेको अभियोगमा उनलाई २०७६  मा कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

    उनी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्राउ परेकाले सपथ रोकिएको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए।

    सपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो।

    २०६१ पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोग राजीवमाथि थियो। पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले पछि मुद्दा ब्युँतिँदा सपथ खान पाएका थिएनन्।

    पुनरावेदनको सजाय सच्च्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। तर, पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले २०७४ माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए।

    कुनैबेला राप्रपा बनेका उनी त्यसपछि कांग्रेस भए । तर, २०७४ को निर्वाचन अघि एकाएक एमाले बनेका उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपी उनले पछि एमालेकै समर्थनमा चुनाव जिते।

    आज मन्त्री हुनुअघि आफ्नो मन्त्रालय कुन भवनमा हुन्छ भन्ने थाहा नभएको भन्दै मन्त्री मनाङ्गेले अघि भने, ‘मुख्यमन्त्रीले नै दौरा सुरुवाल किन्न जाउँ भनेपछि आफुहरु किन्न गएको हुँ । ‘

    फरक प्रसंगमा संचारकर्मीहरुले मन्त्री बन्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नमा मनाङ्गेले भने, ‘मलाई अलिअलि निद्रा चाहिं लागिरहेको छ, यसअघि सुत्न पाएको थिएन क्या !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार