Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डीआइजी घनश्याम अर्यालद्वारा ‘डन’ मन्त्री दीपक मनाङेलाई स्यालुट , मजाक बन्यो प्रहरी

    डीआइजी घनश्याम अर्यालद्वारा ‘डन’ मन्त्री दीपक मनाङेलाई स्यालुट , मजाक बन्यो प्रहरी

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 8.2K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार टिकाउनका लागि गुण्डा नाइकेको उपमा पाएका राजीव गुरुङ (दीपक मनाङ्गे) बिहीबार युवा तथा खेलकुद मन्त्री बनाए । जुन कुराले सामाजिक सन्जालमा पुरै केपी ओली सरकारको बिरोध भएको छ।

    यसले एमालेकै छविमा कालोधब्बा लाग्न पुगेको छ । हुन त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बाहुबली बबन सिंह, प्रभु साहहरुलाई पार्टीमा रातो कार्पेट बिछ्याएर भित्र्याइसकेका छन् । र, मन्त्रीमा बिराजमान गराएकै छन् । ओलीकै शैली अनुशरण गर्दै गण्डकीमा दीपक मनाङ्गेलाई पृथ्वी सुब्बाले मन्त्री बनाए।



    गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री नियुक्त भएकै दिन बिहीबार मनाङ्गेलाई सपथग्रहण गराए ।



    संवैधानिक बाध्यताका कारण शेरचनले मनाङ्गेलाई सपथ खुवाउनुपर्यो । ज्यान मार्ने उद्योगमा अदालतबाट कैद संजाय पाएका र विभिन्न अभियोग लागेका मनाङ्गेलाई प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेको थियो । तर, तिनै मनाङ्गेलाई मन्त्री नियुक्त भएपछि गण्डकी प्रदेश प्रहरीका डीआइजी घनश्याम अर्यालले स्यालुट  गरेको फोटोले निकै चर्चा पाएको छ ।

    डीआइजीले ‘गुण्डा नाइके’ मन्त्रीलाई  स्यालुट गरे गरेको फोटोले प्रहरीकै शीर निहुरेको छ । अर्याल नेपाल प्रहरीमा तुलनात्मक रुपमा विवादरहित नै मानिन्छन् । उनलाई त्यो सपथग्रहण समारोहमा नगई नहुने थिएन । एउटा बहना बनाएर उनी छलिन सक्थे । अरु कसैलाई पठाउन सक्थे ।  अर्याल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन खोजिरहेका छन्।

    कहिले डन त  कहिले गुण्डा नाइकेको उपमा पाएका मनाङ्गेविरूद्ध २०६१ मा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय तोकेको थियो । पुनरावेदन अदालत पाटनले त्यही मुद्दामा पाँच वर्ष जेल संजाय तोकेको थियो । सर्वोच्च अदालतले पनि त्यही सजाय सदर गरेपछि उनी केही समय भूमिगत भएका थिए ।

    निर्वाचन जितेपछि हत्या अभियोगमा २०७५ वैशाख ६ गते थुनामा परेका मनाङ्गे २०७५ पुष ६ गते रिहा भएका थिए । १० वर्षभन्दा कम कैद सजाय भोग्नुपर्ने मुद्दामा हिरासत बाहिरबाटै लड्न पाउने कानुनी व्यवस्थाको उपयोग गर्दै मनाङ्गे थुनामुक्त भएका थिए ।

    सांसद बनेपछि पनि उनी विवादरहित रहन सकेनन् । २०७६ माघ ७ गते पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमै झापड हानेका थिए । गुरुङलाई झापड हानेको आरोपमा मनाङ्गे पुन: थुनामा परेका थिए । जमलमा डाइनेष्टी क्लव र ठमेलमा दोहोरी र डान्स रेष्टुरेन्टहरु संचालन गर्ने दीपक मनाङ्गे पूर्वयुवराज पारस शाहका पनि अति निकट थिए ।

    अपराधिक गतिबिधिमा लागेबापत पटक पटक संजाय भोग्दैआएका मनाङ्गे सुरुमा नेपाली कांग्रेसमा लागेका थिए । कांग्रेस छाडेर राप्रपामा लागे । २०७४ को निर्वाचनमा उनी एमालेमा लागे ।

    मनाङको प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपछि एमालेको चर्को बिरोध भएकाले उनलाई फिर्ता लिन लगाई स्वतन्त्र उम्मेदवारी दिन लगाइयो । तर, एमालेले उठाएका उम्मेदवार डमीमात्र थिए । वास्तविक उम्मेदवार मनाङ्गे नै भएको अहिले आएर प्रमाणित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार