Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • इन्टर मिलान सिरी एको उपाधि नजिक

    इन्टर मिलान सिरी एको उपाधि नजिक

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । इन्टर मिलान इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ ।

    लिगअन्तर्गत शनिबार राति भएको खेलमा खेलमा इन्टर मिलानले क्रोतोनेलाई २–० गोलले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा इन्टर मिलानले क्रोतोनेमाथि २–० गोलको जित दर्ता गरेको हो ।



    उसका लागि खेलको ६९ औँ मिनेटमा क्रिष्टियन एरिक्सन तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा हकिमीले गोल गरेका हुन् ।



    जितपछि उपाधि नजिक पुगेको शीर्ष स्थानको इन्टर मिलानको ३४ खेलबाट ८२ अंक भएको छ ।

    शनिबार राति नै भएको अर्को खेलमा बेनेवेन्तोलाई २–० गोलले पराजित गरेको एसी मिलान ६९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

    आइतबार राति हुने खेलमा एट्लान्टाले सासुओलोलाई पराजित गर्न नसकेको अवस्थामा इन्टर मिलानले सन् २०१० पछि पहिलो पटक सिरी ए उपाधि जित्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार