Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

    इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 417
    SHARES

    एजेन्सी । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई १–० गोलले हराउँदै समग्रमा ३–० गोलको जितसहित इन्टर मिलान उपाधि नजिक पुगेको हो ।



    एसी मिलानको मैदान सान सिरोमा गएराति भएको खेलमा इन्टर मिलानका लाउटारो मार्टिनेजले खेलको ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।



    अघिल्लो साता भएको पहिलो लेगमा इन्टर २(० गोलले विजयी भएको थियो।

    इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार