Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरिएको छ।

    यद्यपि लकडाउनमा संक्रमितको संख्या घट्नुको सट्टा झन् बढ्दै गएको छ।



    यसैबीच, काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । आज सोही बिषयमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौँ, भक्तपुर र ललितपुरका सीडीओहरुको सयुक्त बैठक बस्ने भएको छ।



    यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।

    सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

    हाल काठमाडौं उपत्‍यकालगायत देशभरका ४९ वटा जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार