Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेमा कोरोनाको भयावह : १० मिनेटमा ४ जना सङ्क्रमितको मृत्यु, मृतकको संख्या १४१ पुग्यो

    बाँकेमा कोरोनाको भयावह : १० मिनेटमा ४ जना सङ्क्रमितको मृत्यु, मृतकको संख्या १४१ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल तस्बिर

    बाँके। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    वलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो ।



    यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो । योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार