Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

    ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक सकिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा बैठकबारे छलफल गरेको थियो।



    बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवारको घोषणा गरेको छ।



    बैठकपश्चात पराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, ‘निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गरेर उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

    साथै, एमालेले प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार