Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्षलाई फुकुवा गर्ने ओलीको तयारी

    बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्षलाई फुकुवा गर्ने ओलीको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक केहीबेरमा बस्दै छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले जानकारी दिए।



    नेम्वाङका अनुसार आजको बैठकमा वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने छ।



    यसअघि एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेद्वार बनाउने बताएको थियो । तर जित्ने अवस्था नदेखेपछि थापा उम्मेदवार बन्न चाहेका छैनन् । जित्ने सुनिश्चित भएको अवस्थामा मात्र उनी उम्मेदवार बन्ने मनसायमा रहेका छन् ।

    आगामी जेठ ६ गतेको उपचुनावका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। भने सत्तारुढ दल एमालेले अहिले सम्म उम्मेदवारको छिनोफानो गर्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार