Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीलाई थप संकट, नेपाल पक्षका २२ जना सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने

    ओलीलाई थप संकट, नेपाल पक्षका २२ जना सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधवकुमार नेपाल पक्षका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् ।

    प्रतिनिधि सभा बैठकअघि सिंहदरबारमा बसेको नेपाल  पक्षका सांसदहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीमरावलले जानकारी दिए ।



    प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउनु हो भन्दै नेता रावलले ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेको बताए । रावलका अनुसार केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने निर्णय भएको छ।



    नेपालको संविधान मिचेर ओलीले प्रतिनिधिसभाको विघटन गरेको, विश्वासको मत दिने दिने एकदिन अघिमात्र अध्यादेश जारी गरेको, संवैधानिक परिषद्को बैठक बोलाएर असंवैधानिक निर्णय गरेको रावलको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार