Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • कोरोना संक्रमित सांसदहरुलाई संसद भवन छिराइयो

    कोरोना संक्रमित सांसदहरुलाई संसद भवन छिराइयो

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना संक्रमित सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराउनका लागि संसद भवन बाहिर टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठक आज बस्दै छ । सो बैठकमा सहभागी हुन सांसदहरु नयाँबानेश्वरस्थित संसद भवन जाने क्रम जारी छ । कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई मात्रै संसद भवनमा प्रवेश दिइएको छ ।



    संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो ।



    संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार