Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जसपा र माधव पक्षलाई लिएर देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

    जसपा र माधव पक्षलाई लिएर देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जनता समाजवादी पार्टी जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

    आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमतका लागि जसपा र नेपाल पक्षको समेत साथ लिने निर्णय गरेको हो।



    बैठकपछि सहमहामन्त्री प्रकाशरण महतले भने, माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको छ, समग्रमा जसपा पनि एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’



    छिट्टै आफूहरुले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार